०१ असार २०८३, सोमबार

वरुण धवन भन्छन्, मेरो कसैसँग प्रतिस्पर्धा छैन

कात्तिक २०, २०७४
वरुण धवन भन्छन्, मेरो कसैसँग प्रतिस्पर्धा छैन

मुम्बई – एक्टर वरुण धवनको नाम अब भारतमा सफल कलाकार बनिसके । हालै चलिरहेको फिल्म ‘जुडुवा २’ मा पनि उनको भूमिकालाई रुचाइयो । तर उनी भने आफूले भारतमा आफूले कसैसँग पनि प्रतिस्पर्धा नगरेको बताएका छन् ।

पीटीआईका खबरका अनुसार वरुण धावनले भनेका छन्, ‘म फिल्म क्षेत्रमा अरुलाई तल पार्नका लागि आएको होइन, मेरो हिसाबमा यहाँ कसैसँग मेरो प्रतिस्पर्धा छैन, यदि प्रतिस्पर्धा नै हो भने पनि अन्त कसरी हुन्छ?’

‘कलाकारले दर्शकलाई मनोरञ्जन दिने काम मात्र गर्छन्, यसका लागि राम्रो फिल्म बनाउने प्रयास भइरहेको हुन्छ, मलाई त किन पनि खुशी लाग्छ भने यहाँ मैले काम पाइरहेको छु’ उनले भनेका छन् ।

पछिल्लो समय प्रदर्शन भइरहेको वरुण अभिनित चलचित्र 'जुडुवा २' लाई उनका पिता डेविड धवनले निर्देशन गरेका छन् । यो फिल्म सलमान खान स्टारर फिल्म जुडुवाको रिमेक हो ।

salt training

कमेन्ट गर्नुहोस्