२७ जेठ २०८३, बुधबार

गौचनको हत्या पछि सर्वसाधारणद्वारा सडकमै बसेर नाराजुलुस

कात्तिक २०, २०७४
गौचनको हत्या पछि सर्वसाधारणद्वारा सडकमै बसेर नाराजुलुस

काठमाडौं, २३ असोज - निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदाहाडै गोली हानेर हत्या गरिएपछि सर्वसाधारणले काठमाडौंको वानेश्वरमा सडकमै बसेर नारा जुलुस गरेका छन् ।

दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै उनीहरुले बानेश्वरको सडकमा बसेर गृहमन्त्री बिरुद्धमा नाराजुलुस गरेका छन् । सर्वसाधारणहरुले हत्यारालाई तुरुन्त कारबाही हुनुपर्ने समेत बताएका छन् ।

अध्यक्ष गौचनमाथी तीन गोली प्रहार भएको थियो । गोली लागेसँगै गौचनलाई बानेश्वर मीनभवनस्थित सिभिल अस्पताल पुर्याइएको थियो ।

टाउको, बायाँ कोखा, छातीमा गोली लागेका गौचनको गोली झिके लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्