०४ असार २०८३, बिहीबार

गौचनको निधनपछि भावविह्वल हुँदै पत्नी आशा

कात्तिक २०, २०७४
गौचनको निधनपछि भावविह्वल हुँदै पत्नी आशा
पतिको निधन भएपछि अस्पताल परिसरमा भावविह्वल हुँदै पत्नी आशा गौचन


काठमाडौं,२३ असोज नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिउँसो वानेश्वरमा गोली हानी हत्या गरिएको छ ।

राजधानीको मुटु वानेश्वरको शन्तिनगर क्षेत्रमा उनीमाथि गोली प्रहार भएको हो । गोली लागेसँगै निजामती अस्पताल पुर्याीइएका गौचनको चिकित्सकले गोली निकालेसँगै निधन भएको थियो ।
पतिको निधन भएपछि अस्पताल परिसरमा भावविह्वल हुँदै पत्नी आशा गौचन

राजधानीको सामाखुसीमा कार्यलय रहेका गौचन शान्तिनगर हुँदै त्यसतर्फ जाँदै थिए । तर बाटो ढुँकेर बसेका ‘सुटर’ले उनीमाथि गोली चलाएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार गाडीमा सवार गौचनमाथि गोली चलाउनुभन्दा पहिला उनको गाडीमा ढुंगा हानिएको र लगत्तै तीन गोली प्रहार गरिएको थियो । गौचनको टाउको, छाती र वायाँ कोखामा गोली लागेको छ ।

तस्वीर : अशोक महर्जन

salt training

कमेन्ट गर्नुहोस्