झापा, २३ असोज - नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकलाई प्रगतिको बाटामा लैजान बाम एकता गरिएको बताउनुभएको छ ।

बिर्तामोडमा आज पे्रस चौतारी झापाले आयोजना गरेको साक्षात्कारमा वरिष्ठ नेता खनालले दलहरू विभाजित हुँदा मुलुकको विकासमा असर परेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “वाम एकता रुपान्तरणको शुरुआत हो ।” वाम गठबन्धन अन्य दलका लागि समेत प्रेरणा भएकाले राजनीतिक एकता जरुरी भएको उहाँको भनाइ छ ।