
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घरेलु ग्यास सिलिन्डरको मूल्य १०० रुपैयाँ घटाउने घोषणा गरेका छन् । महिला दिवसको अवसरमा मोदीले घरेलु ग्यास सिलिन्डरको मूल्य १०० रुपैयाँ घटाउने घोषणा गरेका हुन् ।
'आज महिला दिवसको अवसरमा हामीले ग्यास सिलिन्डरको मूल्यमा १०० रुपैयाँ छुट दिने ठूलो निर्णय गरेका छौँ,' मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'यसले महिला शक्तिको जीवन सहज मात्रै होइन करोडौं परिवारको आर्थिक बोझ पनि कम गर्नेछ । यो कदम पर्यावरण संरक्षणमा पनि सहयोगी हुनेछ, जसले सम्पूर्ण परिवारको स्वास्थ्यमा पनि सुधार ल्याउनेछ।'
मूल्य घटाएसँगै अब दिल्लीमा प्रति सिलिन्डर ८०३ रुपैयाँमा पाइने । यस्तै, भोपालमा ८०८.५० रुपैयाँ, जयपुरमा ८०६.५० रुपैयाँ र पटनामा ९०१ रुपैयाँ पुगेको भारतीइ सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारतमा यसअघि पनि रक्षाबन्धनमा भाडा परिवर्तन गरिएको थियो । यसअघि भारत सरकारले रक्षाबन्धनको अवसरमा घरेलु ग्यास सिलिण्डरको मूल्य दुई सय रुपैयाँ घटाएको थियो ।
महिला दिवसमा मोदी सरकारको घोषणा: घरेलु ग्यास सिलिन्डरको मूल्य १०० रुपैयाँ घटाइयो