२५ जेठ २०८३, सोमबार

सरकारलाई कमल थापाको समर्थन, देउवाले पाए पत्र

कात्तिक २०, २०७४
सरकारलाई कमल थापाको समर्थन, देउवाले पाए पत्र


काठमाडौँ, २३ असोज - प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थनका लागि पत्र बुझाएको छ ।rpp patra

प्रधानमन्त्री निवास बालुवाटारमा आज राप्रपाका प्रमुख सचेतक कुन्तीकुमारी शाहीको नेतृत्वमा गएको टोलीले पार्टीका तर्फबाट देउवालाई समर्थन रहेको भन्दै पत्र बुझाएको हो ।

समर्थन पत्र बुझाएपछि पार्टीका नेता दिलनाथ गिरीले निर्धारित समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुनिश्चितताका लागि वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, “सरकारको प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग पार्टी एकीकरण गर्ने उद्देश्यले गठबन्धन बनाउने सहमति गरेपछि सरकारलाई अल्पमतमा पर्न नदिन हामीले समर्थन गरेका हौँ ।”

यसअघि आजै प्रमुख सचेतक शाहीले व्यवस्थापिका–संसद्को सचिवालयमा वर्तमान सरकारलाई समर्थन सहितको पत्र दर्ता बुझाएकी छन् ।

यसैबीच राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले आज प्रधानमन्त्री देउवासँग भेट गरी मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका बारेमा छलफल गरेका छन् ।

उक्त छलफलमा सरकारलाई पार्टीले समर्थन गर्ने, लोकतान्त्रिक दलबीच एकता कायम गरी चुनावमा जाने, संविधान कार्यान्वयनमा सहज वातावरण बनाउनेलगायत विषयमा छलफल केन्द्रित रहेको उपाध्यक्ष तामाङले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्