
भक्तपुरमा २१ वर्षीया श्रीमती पवित्रा राईको हत्या गरेको अभियोगमा उनकै श्रीमान् पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका ३ झौखेल पिपलबोट डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ का २५ वर्षीय सन्तोष भुजेल छन् ।
उनलाई बिहीवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले सन्तोषलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएकी पवित्राको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको थियो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।