×

NMB BANK
NIC ASIA

एआई पूर्वाधार स्टार्टअपमा एक अर्ब २० करोड डलर लगानी गर्दै भारत

काठमाडाैं | फागुन २५, २०८०

NTC
Premier Steels

मुम्बई– विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतले कृत्रिम बौद्धिकता (एआई) परियोजनाहरूको एउटा विस्तृत शृङ्खलामा एक अर्ब २० करोड डलर लगानी गर्ने भएको छ । 

Muktinath Bank

कम्प्युटिङक पूर्वाधार स्थापना गर्न र एआई स्टार्टअपमा लगानीमा सहयोग गर्न उक्त धनराशि प्रयोग गरिने सूचना प्रविधि मन्त्रालयको विज्ञप्तिमा बिहीवार राति जनाइएको छ । 
    
कनिष्ठमन्त्री राजीव चन्द्रशेखरले भने, ‘लगानीले भारतको एआई इकोसिस्टम प्रणालीलाई उत्प्रेरित गर्नेछ र यसलाई भारत तथा विश्वका लागि एआईको भविष्यको आकार दिने शक्तिका रूपमा स्थापित गर्नेछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय सूचना प्रविधि उद्योग निकाय न्यासकमको विद्यमान पूर्वानुमानअनुसार भारतको उदीयमान एआई बजार सन् २०२७ सम्ममा १७ अर्ब डलरको हुनेछ । उक्त आँकडाले एआई सफ्टवेयरका लागि वैश्विक बजारको एउटा सानो अंश देखाउँछ । यसका बारेमा अमेरिकी शोध फर्म गार्टनरले सन् २०२७ सम्ममा एआई बजार दुई खर्ब ९७ अर्ब डलरसम्म पुग्नसक्ने बताएको छ ।


Advertisment
Nabil box
Kumari

भारतले सन् १९९० को दशकमा विश्वव्यापी आउटसोर्सिङ बुमबाट निर्मित विशाल सफ्टवेयर सेवा उद्योगको दाबी गर्दछ र एआई सफ्टवेयरले अवसर र खतरा दुवैको प्रतिनिधित्व गर्दछ । परम्परागत कल सेन्टर वा कोडिङ भूमिकामा काम गर्ने इन्जिनियरिङ स्नातकहरूले एआई मोडेलबाट आफ्नो नोकरीलाई खतराका रूपमा देख्न सक्छन् । 

Vianet communication

ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यानले गत वर्ष नयाँदिल्लीमा श्रोताहरूलाई भारतीय उद्यमी तथा कम्पनीहरूले महत्त्वपूर्ण वित्तीय सहयोगबिना एआई उत्पादन बनाउनका लागि सङ्घर्ष गर्नुपर्ने बताएका छन् । भारतको सार्वजनिक तथा निजी क्षेत्रहरूले एआई एप्लिकेसन बनाउन शुरुआती प्रयास गरेका छन् । 

बजार पूँजीकरणको हिसाबले भारतको सबैभन्दा ठूलो कम्पनी अर्बपति टाइकुन मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज र मुलुकका शीर्ष विश्वविद्यालयहरूबीचको साझेदारीले यसै महिना च्याटजिपिटी–स्टाइल च्याटबट एप्लिकेसन सुरु हुने अपेक्षा गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x