२६ जेठ २०८३, मंगलबार

पाथीभरा केबलकार निर्माण कार्य तत्काल अघि बढाउन ताप्लेजुङका राजनीतिक दल सहमत

फागुन २६, २०८०
काठमाडौं
पाथीभरा केबलकार निर्माण कार्य तत्काल अघि बढाउन ताप्लेजुङका राजनीतिक दल सहमत

ताप्लेजुङको पाथीभरा (मुकुलुङ)मा केबलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनीतिक दलहरूले आग्रह गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङको आह्वानमा जिल्लामा बसेको संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको बैठकले केबलकार निर्माणसम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै कामलाई सहजीकरण गर्दै अगाडि बढ्ने निर्णय गरेका हुन् ।

केबलकार कम्पनीले केबलकारको निर्माण कार्य तत्काल शुरू गर्ने र त्यसका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकमा उपस्थित राजनीतिक दलहरूले आ–आफ्नो आधिकारिक धारणामार्फत केबलकार निर्माणमा सहजीकरण गर्ने सहमति गरेका हुन् ।

बैठकमा उपस्थित विभिन्न दलका प्रतिनिधिहरूले केबलकार जिल्लाको सर्वाङ्गीण विकास, रोजगारी र पहिचानसँग जोडिएकाले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने बताएका थिए । 

आईएमई समूहको अगुवाइमा ताप्लेजुङ जिल्लाको फुङलिङ ११, काफ्लेपाटीबाट पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माण गर्ने योजना रहेको छ ।

ताप्लेजुङमा रहेको पाथीभरा पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको क्षेत्र हो ।

salt training

कमेन्ट गर्नुहोस्