०५ साउन २०८३, मंगलबार

नाइजेरियामा अपहरणमा परेका २५० विद्यार्थीको उद्धार गर्न सेना परिचालन

फागुन २६, २०८०
काठमाडौं
नाइजेरियामा अपहरणमा परेका २५० विद्यार्थीको उद्धार गर्न सेना परिचालन

कानो–नाइजेरियाको उत्तरपश्चिममा रहेको एक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २५० भन्दा बढी विद्यार्थीहरूलाई उद्धार गर्न सेना परिचालन गरिएको छ । 

कादुना राज्यमा भएको उक्त घटना एक हप्तामा भएको दोस्रो सामूहिक अपहरण हो । पछिल्ला केही बर्षहरूमा उक्त क्षेत्रमा सशस्त्र आपराधिक गिरोहले गाउँ, विद्यालय तथा राजमार्गहरूमा फिरौती भुक्तानीको खोजीमा पीडितहरूलाई लक्षित गर्ने गरेका छन् । 

कादुना राज्यका स्थानीय सरकारी अधिकारीहरूले बिहीवार अपहरणको पुष्टि गरेका छन् । यद्यपि उनीहरूले कति बालबालिकाहरू अपहरण भएका छन् भन्ने तथ्याङ्क भने दिएका छैनन् । 

आक्रमणका क्रममा कम्तीमा एक जनाको गोली हानी मृत्यु भएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।

जीएसएस कुरीगा विद्यालयका शिक्षक सानी अब्दुल्लाहीले बन्दुकधारीहरूले बिहीबार हवाई फाएर गरी विद्यालयका कर्मचारी र धेरै विद्यार्थीहरू लिएर गएको बताए । 

उनका अनुसार स्थानीय अधिकारीलाई १८७ जना विद्यार्थीहरू विद्यालयबाट र अन्य १०० जना प्राथमिक कक्षाहरूबाट अपहरण गरेका थिए । स्थानीय बासिन्दाले करिब २८० जना बालबालिका र शिक्षक अपहरणमा परेको बताएका छन् ।

एक स्थानीय अगुवाका अनुसार डाकुहरूले गोली चलाएको र आफुहरू भेला हुँदासम्म बच्चाहरूलाई जम्मा गरी भागेका थिए । 

सुरक्षा प्रमुखहरूबाट दुई घटनाको बारेमा जानकारी प्राप्त गरेपछि तत्काल उनीहरूको उद्धाका लागि निर्देशन दिएको राष्ट्रपति बोला टिनुबुद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ । 

बालबालिकाको उद्धारका लागि सेना परिचालनका लागि आदेश दिएको र छिट्टै सेना उक्त क्षेत्रमा पुग्ने उनले बताए ।

अप्रिल २०१४ मा बोको हरामका लडाकुहरूले बोर्नो राज्यको चिबोकबाट २५०  भन्दा बढी विद्यार्थी अपहरण गरेपछि उक्त घटनाको अन्तर्राष्ट्रियस्तरमा व्यापक आलोचना भएको थियो । तीमध्ये केही बालिका अझै बेपत्ता छन् ।

बोर्नोमा गत हप्ताको सामूहिक अपहरणपछि १०० भन्दा बढी मानिसहरू बेपत्ता भएको प्रत्यक्षदर्शीहरूले बताएका थिए । 

तर प्रहरी र स्थानीय प्रशासनले कुरीगा विद्यालयबाट अपहरणमा परेका बालबालिकाको तथ्याङ्क सार्वजनिक गरेको छैन । 

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले शुक्रवार एक्समा एक पोस्टमा कादुनामा भएको अपहरणको निन्दा गदै यस्ता भयानक आक्रमणका लागि जिम्मेवारहरूलाई कानुनी दायरामा ल्याउन र हिंसा तथा अपहरणजस्ता घटनालाई नियनत्रण गर्न नाइजेरिया सरकारसँग आग्रह गरेका छन् । 

संयुक्त राष्ट्र बाल कल्याण एजेन्सी (युनिसेफ)ले पनि बिहीवारको आक्रमणको निन्दा गर्दै विद्यार्थीहरूको सुरक्षाका लागि सरकारसँग आह्वान गरेको छ ।

युनिसेफ नाइजेरियाका निर्देशक क्रिस्टियन मुन्डुएटले विज्ञप्तिमा विद्यालयहरू डर र हिंसाका स्थलहरू नभई शिक्षा र विकासको आधार बन्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्