०५ साउन २०८३, मंगलबार

महामन्त्री शर्माको स्पष्टोक्ति– कांग्रेस सरकार भत्काउने चलखेलमा लाग्दैन

फागुन २६, २०८०
काठमाडौं
महामन्त्री शर्माको स्पष्टोक्ति– कांग्रेस सरकार भत्काउने चलखेलमा लाग्दैन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी सरकार भत्काउने चलखेलमा नलाग्ने स्पष्ट पारेका छन् ।

नेपाल शिक्षक सङ्घ बागमती प्रदेशको चौथो प्रतिनिधिसभाको शनिवार उद्घाटन गर्दै उनले कांग्रेस नयाँ सरकार बनाउनेतर्फ नलाग्ने स्पष्ट पारे । ‘कांग्रेस अब घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन, हामी सरकार भत्काउन र बहुमत पु¥याउनतर्फ लाग्दैनौँ,’ उनले भने ।

महामन्त्री शर्माले कांग्रेस अब जनताको मुद्दा लिएर खरोरूपमा उत्रिने बताए । ‘हामीले पार्टी सभापतिलाई भनेका छौँ, अहिले केही समय पर्खनुहोस्, यो गठबन्धनलाई काम गर्न अवसर दिनुपर्छ,’ उनले भने । उनले संसद्को चालु अधिवेशनमार्फत नै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्नेमा जोड दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्