१० साउन २०८३, आइतबार

प्रचण्डलाई छाडेको गोरखा–२ बाट २०८४ मा चुनाव लड्ने बाबुरामको तयारी

फागुन २७, २०८०
काठमाडौं
प्रचण्डलाई छाडेको गोरखा–२ बाट २०८४ मा चुनाव लड्ने बाबुरामको तयारी

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले २०८४ मा हुने चुनावमा आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ बाटै लड्ने तयारी थालेका छन् ।

त्यहाँका मतदाताहरूसँग वृहत् छलफल गरेपछि आएको सुझावलाई ग्रहण गर्दै भट्टराईले गोरखा–२ बाटै चुनाव लड्ने तयारी थालेको नेसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

मतदातासँगको छलफलका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई स्वीकार गरेको उनीनिकट मानिने पाण्डेको भनाइ छ । 

‘नेसपा अध्यक्ष भट्टराई केहीअघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा– २ का मतदातासँग उहाँको वृहत् छलफल भएको थियो,’ उनले फेसबूकमा लेखेका छन्, ‘सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ । अब उहाँ २०८४ को निर्वाचनमा गोरखा–२ मा उम्मेदवार हुनु हुनेछ ।’

गोरखा–२ भट्टराईको चुनावी क्षेत्र हो । तर गत आम निर्वाचनमा भने भट्टराईले प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि त्यो क्षेत्र छोडेका थिए । उनी भने कतै उम्मेदवार बनेका थिएनन् । 

salt training

कमेन्ट गर्नुहोस्