२४ जेठ २०८३, आइतबार
मन्त्रिपरिषद् विस्तार

उपेन्द्र यादवलाई पाँचौंं वरीयता, रवि लामिछानेपछिको उपप्रधानमन्त्री

फागुन २७, २०८०
काठमाडौं
उपेन्द्र यादवलाई पाँचौंं वरीयता, रवि लामिछानेपछिको उपप्रधानमन्त्री

नवनियुक्त उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नवगठित मन्त्रिपरिषद्मा पाँचौं वरीयता पाएका छन् ।

यादवले आइतवार शपथ लिएपछि राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको वरीयतामा उनको नाम पाँचौमा राखिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षसमेत रहेका यादव उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेभन्दा एक वरीयता कममा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने​काे वरीयता चौथो नम्बरमा छ ।

यससँगै वर्तमान मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीको संख्या ४ पुगेको छ । नेकपा (एमाले) सचिव रघुवीर महासेठ वरीयताको पहिलो नम्बरमा छन् । उनले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीको दोस्रो वरीयतामा छन् । उनले उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी पाएका हुन् । 

null 

जसपा अध्यक्ष यादवले आइतवार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान तथा स्वास्थ्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शीतलनिवासमा आइतवार बिहान आयोजित विशेष समारोहबीच उनीसँगै जसपाकै नवलकिशोर साह सुडीले वन मन्त्रीका रूपमा शपथ लिएका छन् ।

जसपाका २ मन्त्री थपिएसँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पूर्णता पाएको छ । सबै मन्त्रालयमा मन्त्री नियुक्त भएका छन् । अब केही राज्यमन्त्री थप्न सक्ने कोटा मात्र बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्