०४ साउन २०८३, सोमबार

राजेश हमालले केपी ओलीसँग सिनेमा संवाद गर्ने

फागुन २७, २०८०
काठमाडौं
राजेश हमालले केपी ओलीसँग सिनेमा संवाद गर्ने

अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । 

नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा दिग्गज नेता र अभिनेताबीच संवाद हुने भएको हो । 

सिनेमा संवाद शीर्षकमा हुन संवाद निफ उद्घाटनको दोस्रो दिन अर्थात् शुक्रबार ११ बजेदेखि सुरु भएर १ बजे सकिने आयोजकले जानकारी गराएको छ । राष्ट्रिय सभागृहको हलमा हुने यी ओली हमालबीचको संवाद निःशुल्क अवलोकन गर्न पाइनेछ । 

चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी दिए । 

महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्नेछन् भने नम्रता शर्माले चलचित्रमा लैङ्गिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा, गायिका आनी छोइङ डोल्मा आदिसँग कुरा गर्ने छिन् । बिहीबार सुरु भएर सोमबार समापन हुने महोत्सवमा दुवै छलफलका कार्यक्रम आइतबार पर्यटनको बोर्डको हलमा हुनेछन् । 

छलफलका शृंखला अन्तर्गत नै शनिबार प्रविधि विज्ञ तथा गीतकार करूण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्नसक्ने असरका बारेमा एकल प्रस्तुति दिनेछन् भने शनिबार नै फिल्म समीक्षक प्रभाकर गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुंगानासँग समीक्षा ताली कि गाली शीर्षकमा बहस चलाउनेछन् ।

शुक्रबार भने चलचित्र पत्रकार रघुनाथ सापकोटाले सिनेमाका नयाँ बजार र अवसरहरू शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङसँग छलफल चलाउनेछन् । सबै सेसनहरू पर्यटन बोर्डमा सन्चालन हुने छन् । 

महोत्सवको उद्घाटन सुन्धारास्थित सिभिल मलमा हुनेछ भने समापन राष्ट्रिय सभा गृहमा गरिने आयोजकले जनाएको छ । यसवर्षको संस्करणमा ४० देशका ८८ फिल्म देखाइने छ । विश्व चर्चित गायिका आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’को प्रदर्शनसँगै निफ सुरु गरिने कार्यक्रम तय छ । 

salt training

कमेन्ट गर्नुहोस्