०६ असार २०८३, शनिबार

कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा दीपक खड्का मनोनीत

फागुन २७, २०८०
काठमाडौं
कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा दीपक खड्का मनोनीत

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा संखुवासभाका दीपक खड्का मनोनीत भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतवार उनलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

'नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५६ (२) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा श्री दिपक खड्का (संखुवासभा) लाई मनोनयन गर्नु भएको छ', पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्