०१ असार २०८३, सोमबार

सिरहामा ६० वर्षिया महिलाको हत्या

फागुन २७, २०८०
सिरहा
सिरहामा ६० वर्षिया महिलाको हत्या

 सिरहामा एक महिलाको हत्या भएको छ । आइतबार सिरहा नगरपालिका ६ बसपिट्टाका ६५ वर्षिय रामउदगार साहले आफ्नै श्रीमती ६० वर्षिया निर्मला साहको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्यले जानकारी दिए  ।

प्रहरीले हत्या अभियोगमा श्रीमान साहलाई नियन्त्रणमा लिएको छ। मृतकको  शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्