२७ जेठ २०८३, बुधबार

यी क्षेत्रमा हिमपातको सम्भावना

फागुन २८, २०८०
काठमाडौं
यी क्षेत्रमा हिमपातको सम्भावना

हाल देशका पहाडी भू-भागलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । 

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ। 

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र बाँकी  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्