
झापाको मेचिनगर-१५ ज्यामिरगढीमा रहेको एक प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । भवगती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजे लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो ।
आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिएको छ । यद्यपि अझै नियन्त्रणमा लिन नसकेको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् ।
उनका अनुसार आगलागीबाट उद्योगको कच्चा पदार्थमा बढी क्षति पुगेको छ । तयारी माल भने जोगिएको उनले बताए । क्षतिको यकिन विवरण भने आइसकेको छैन ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।