०५ साउन २०८३, मंगलबार

रुपन्देहीमा बनेको अन्तर्राष्ट्रिय एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्‌घाटन

फागुन २८, २०८०
बुटवल
रुपन्देहीमा बनेको अन्तर्राष्ट्रिय एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्‌घाटन

​​रुपन्देहीमा निर्माण भएको अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्‌घाटन गरिएको छ ।

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सोमवार एक कार्यक्रमका बीच मैदानको उद्‌घाटन गरेका हुन् । जिल्लाको तिलोत्तमा नगरपालिका–१७ पूर्व दरखसवामा गत जेठमा शिलान्यास भएको रंगशालाको पहिलो चरणको काम अन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि सोमवार उद्‌घाटन गरिएको हो ।

गुल्मीबाट तिलोत्तमामा बसाई सरेका र अष्ट्रेलियामा दश वर्ष बिताइसकेका विनोद कुँवरले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आईटी)सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट सञ्चालन गरेका छन् । उनी आफैं पनि आईटी इन्जिनियर हुन् ।

कन्सल्टेन्सी व्यवसायसमेत गरिरहेका कुँवर दम्पतीले ४० करोड रुपैयाँ लगानी गर्ने गरी अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन शुरू गरेका थिए ।​​

उद्‌घाटनका अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न,खेलाडी उत्पादन गर्न सहज हुने बताए ।

पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आर्थिक राजधानीको रुपमा विकास भएको रुपन्देहीमा निजी क्षेत्रबाट निर्माण भएको रंगशालाले रुपन्देहीमा लगानी मैत्री वातावरण छ भन्ने पुष्टि गरेको बताए ।

यसले खेल पर्यटनको माध्यमबाट जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्