२३ जेठ २०८३, शनिबार

निःशुल्क उपचारका लागि पशुपतिनाथमा महायज्ञ

फागुन २८, २०८०
काठमाडौं
निःशुल्क उपचारका लागि पशुपतिनाथमा महायज्ञ
फाइल फोटो

पशुपतिनाथ मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ हुने भएको छ ।

पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो । 

आज पाशुपत क्षेत्रमा आयोजित अन्तरक्रियामा युथ फर नेशनको आयोजना तथा अन्य सङ्घ संस्थाको सहकार्यमा महायज्ञ गर्न लागिएको महायज्ञ संयोजक डा. निकोलस भुसालले जानकारी दिए ।

चैतन्य कृष्ण महाराजद्वारा महायज्ञमा कथा वाचन गरिने बताइएको छ ।

घर–घरमा ज्ञान, ध्यान र योग पुर्‍याइ युवालाई राष्ट्र निर्माणमा सक्षम बनाउने योजना रहेको महायज्ञ सहसंयोजक सरोजराज श्रेष्ठको भनाइ छ ।

महायज्ञमा करिब एक लाख भक्तजन उपस्थित हुने अनुमान गरिएको छ ।

महायज्ञ आयोजनाका लागि विभिन्न समिति, उपसमिति गठन गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्