२८ जेठ २०८३, बिहीबार

रास्वपाले इलाम २ मा उम्मेदवारी दिने, गठबन्धनकै दल प्रतिस्पर्धामा

फागुन २८, २०८०
काठमाडौं
रास्वपाले इलाम २ मा उम्मेदवारी दिने, गठबन्धनकै दल प्रतिस्पर्धामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम- २ को प्रतिनिधि सभा उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिने निर्णय गरेको जानकारी नेता सन्तोष परियारले दिए । 

‘हामीले बैठकमा इलाममा हुने उपनिर्वाचनबारे छलफल गर्‍यौं । साथीहरू एकपटक गएर आइसक्नुभयो । अब हामी उम्मेदवारी दिने तयारी स्वरूप थप कार्यक्रम पनि गर्दैछौं’, परियारले भने, ‘हामी सत्ता गठबन्धनमा भए पनि चुनावमा गठबन्धन गर्दैनौं । उम्मेदवारी दिएर प्रतिस्पर्धामा जान्छौं ।’

तर, बैठकले बझाङको प्रदेश सभा क्षेत्रमा हुने निर्वाचनमा भने उम्मेदवारी नदिने निर्णय गरेको छ । 

पछिल्लो सत्ता समीकरणमा जोडिएको रास्वपाले उम्मेदवारी दिने भएपछि इलाममा गठबन्धन दलका तर्फबाट एमाले र रास्वपाको उम्मेदवारी पर्ने देखिएको छ ।

त्यस्तै, कांग्रेसले पनि इलामको उपनिर्वाचनमा उम्मेदवारी दिने तयारी गरेको छ । 

२०७९ को चुनावमा इलाम २ बाट जितेका एमालेका सुवास नेम्वाङको निधनपछि उपनिर्वाचन हुन लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्