
राप्रपाले सरकारलाई दबाब दिन तय गरेको प्रदर्शनको पूर्वघोषित मिति परिवर्तन गरेको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकले फागुन १६ गतेका लागि तय भएको काठमाडौँ केन्द्रित प्रदर्शन नगरेर फागुन २७ गतेका लागि सारेको हो ।
एसईई परीक्षाको समय, लाखौँ विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिइ काठमाडौं केन्द्रीत जनप्रदर्शनको मिति सारिएको सो पार्टीले जनाएको छ ।
‘राप्रपाले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने पार्टीको पूर्ववत् निर्णय रहेकोमा मिति परिवर्तन गर्ने र चैत २७ गते गर्ने निर्णय गरिएको छ,’ राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।