११ साउन २०८३, सोमबार

देशभरका प्रहरीलाई गृहमन्त्रीको अपिल- अपराधीलाई कारबाही गर्न मेरो आदेश कुर्नु पर्दैन

फागुन २९, २०८०
काठमाडौं
देशभरका प्रहरीलाई गृहमन्त्रीको अपिल- अपराधीलाई कारबाही गर्न मेरो आदेश कुर्नु पर्दैन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम अर्थात् अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न देशभरका प्रहरीलाई अपिल गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीलाई अपिल गर्दै अपराधमा संलग्नलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न अपिल गरेका हुन् । 

उनले कानूनी राज्य के हो दखाइदिन समेत आग्रह गरेका छन् । 'देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करीलगायत अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन,' उनले लेखेका छन्, 'ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो । तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्नेगरी काम गर्नुहोस् । मेरो शुभकामना छ ।'

salt training

कमेन्ट गर्नुहोस्