१२ साउन २०८३, मंगलबार
त्रिकोणात्मक टी-२० सिरिज

पीएनजीलाई हराउँदै नेपाल फाइनलमा

फागुन २९, २०८०
काठमाडौं
पीएनजीलाई हराउँदै नेपाल फाइनलमा

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध सानदार जीत हात पारेको छ । १९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा ११३ रनमै अलआउट भएको हो । 

पीएनजीलाई ८५ रनले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा २८ रन बनाए । टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रतिश जिसीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । गुलशन झा र आकाश चन्दले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

 

नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे । भुर्तेल ३९ बलमा चार/चार छक्का र चौकाको मद्दतमा ५९ रन बनाएर आउट भए । सन्दीपले २६ बलमै चार छक्का र तीन चौका मद्दतमा ५६ रन बनाए ।

विनोद भण्डारी २७ र लोकेश बम १४ रनमा आउट हुँदा विवेक यादव १९ तथा  गुलशन झा १५ रनमा अविजित भए । कप्तान रोहित पौडेल एक रनमा आउट भएका थिए भने आरिफ शेरले चार रन बनाएका थिए ।

 

 

salt training

कमेन्ट गर्नुहोस्