
नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवाले प्रदेश सभापति, संसदीय दलका पदाधिकारी सहितको बैठक बोलाएका छन् । केन्द्रमा सत्ताबाट बाहिरिएसँगै प्रदेशमा पनि बाहिरिने अवस्थामा पुगेपछि सभापतिले पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठक आज दिउँसो ३ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा सातवटै प्रदेशका सभापति, संसदीय दलका नेता, संसदका पदाधिकारीसहितलाई बोलाइएको जानकारी पौडेलले दिए ।