०८ साउन २०८३, शुक्रबार

नारायण दाहालको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ओली, नेपाल र श्रेष्ठको निर्देशन

फागुन २९, २०८०
काठमाडौं
नारायण दाहालको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ओली, नेपाल र श्रेष्ठको निर्देशन

राष्ट्रिय सभा अध्यक्षको लागि सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सांसद नारायण दाहाललाई भोट दिन शीर्ष नेताहरूले निर्देशन दिएका छन् । 

संसद् भवन नयाँ बानेश्वरमा मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव नेपाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सांसदहरूलाई संयुक्त निर्देशन दिएका हुन् । 

अध्यक्षको निर्वाचन हुने राष्ट्रिय सभाको बैठकअघि शीर्ष नेताले सांसदहरूलाई गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिएका हुन् ।

त्यसअघि बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली र नेता नेपालबीच छलफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्