
सत्ता गठबन्धनमा आवद्ध पाँच राजनीतिक दलबीच ७ बुँदे सहमति भएको छ । यसअघि चार दलबीच ८ बुँदे सहमति भए पनि नेकपा (एकीकृत एकीकृत समाजवादी) गठबन्धनमा थपिएपछि मंगलबार सात बुँदे नयाँ सहमति भएको हो ।
मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको गठबन्धनको बैठकले सात बुँदे लिखित सहमति गरेको हो । गठबन्धनमा एकीकृत समाजवादीसहित माओवादी, एमाले, जसपा र रास्वपा छन् ।
उनीहरूले राष्ट्रिय सभा अध्यक्षमा माओवादी उम्मेदवारलाई सहयोग गर्ने, सरकारमा अन्य दललाई सहभागी गराउनेबारे छलफल गर्ने, सहमतिको आधारमा टीआरसी विधेयक टुंग्याउने सहितका सहमति गरेका छन् ।
अघिल्लो सोमबार चार दलले नयाँ गठबन्धन घोषणा गरेका थिए । उनीहरूबीच आठ बुँदे सहमति भएको थियो । एकीकृत समाजवादी पछि मात्रै गठबन्धनमा सामले भएको हो ।
