०२ साउन २०८३, शनिबार
राष्ट्रिय सभाध्यक्षको निर्वाचन

युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्ष बनाइयोस् भन्ने प्रस्ताव अस्वीकृत

फागुन २९, २०८०
काठमाडौं
युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्ष बनाइयोस् भन्ने प्रस्ताव अस्वीकृत

राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई अध्यक्ष बनाइयोस् भनि प्रस्तुत गरिएको प्रस्ताव अस्वीकृत भएको छ । राष्ट्रिय सभाको ५९ सदस्यमध्ये उपस्थित १७ सदस्यले मात्रै शर्मालाई मत दिएका हुन् । शर्मालाई कांग्रेस र लोसपा सांसदले मत दिएका हुन् । 

उनको विपक्षमा नेकपा माओवादी केन्द्र, एमाले, नेकपा एस र जसपाले मत दिए ।

शर्मालाई अध्यक्ष बनाइयोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि राष्ट्रिय सभामा अब माओवादी उम्मेदवार नारायणप्रसाद दाहाललाई अध्यक्ष बनाइयोस् भन्ने प्रस्तावमा मत विभाजन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्