२७ असार २०८३, शनिबार

नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्षको शपथ साढे ४ बजे

फागुन २९, २०८०
काठमाडौं
नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्षको शपथ साढे ४ बजे

नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजै शपथ लिने भएका छन् ।

उनको शपथको कार्यक्रम अपरान्ह साढे ४ बजेका लागि तय भएको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको अध्यक्षमा आजै नेकपा (माओवादी केन्द्र)का उमेदवार दाहाल विजयी भएका थिए । दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव मंगलवार राष्ट्रियसभाबाट पारित भएको हो । 

उनको पक्षमा ३९ र विपक्षमा १७ मत परेको थियो । मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रियसभामा दाहाललाई माओवादी, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)का सांसदले समर्थन गरेका हुन् । 

यसअघि नेपाली कांग्रेसका युवराज शर्मालाई अध्यक्ष बनाइयोस् भनि प्रस्तुत गरिएको प्रस्ताव अस्वीकृत भएको थियो । १७ सदस्यले मात्रै शर्मालाई मत दिएका थिए ।  शर्मालाई आफ्नै कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले मत दिएका थिए ।

विजयी भएका दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ नाता पर्छन् । 

salt training

कमेन्ट गर्नुहोस्