
होहोट– विगत एक दशकमा उत्तरी चीनको ’भित्री मङ्गोलिया स्वायत्त क्षेत्र’मा स्थानीयद्वारा सञ्चालित स्वेच्छिक वृक्षरोपण अभियान अन्तर्गत करिब ११ करोड रूख रोपिएका छन् ।
योसँगै हालसम्म स्थानीय र बाह्य अभियान अन्तर्गत यहाँ ५० करोडभन्दा बढी रूख रोपिएको स्थानीय अधिकारीले बताएका छन् ।
यो क्षेत्र चीनको सबैभन्दा ठूलो कार्यात्मक क्षेत्र हो ।
देशको चार प्रमुख मरुभूमि, चार प्रमुख बालुवायुक्त क्षेत्र मानिने भित्री मङ्गोलिया लामो समयदेखि मरुभूमि र बलौटे जमिनले छोपेको थियो तर पछिल्ला वर्षमा यस क्षेत्रमा हरियाली प्रवर्द्धन गरिँदै छ ।