०६ साउन २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नाउपाको ह्विप

फागुन २९, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नाउपाको ह्विप

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले ह्विप जारी गरेको छ ।

नाउपाकी अध्यक्ष तथा संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले मंगलवार साँझ ह्विप जारी गरेकी हुन् ।

प्रधानमन्त्री प्रचण्ड बुधवार प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद् सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो ।

‘बुधवारको प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णयबमोजिम अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

null 

यसअघि नाउपाको रेशम चौधरी पक्षले भने संघीय सरकारमा सहभागी नहुने निर्णय गरेको थियो ।

मंगलवार बसेको संस्थापक केन्द्रीय सदस्यहरूको दुई–तिहाइ बहुमतको निर्णयले केन्द्र सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको सो समूहको भनाइ थियो ।

अहिले नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ र पूर्वअध्यक्ष रेशमबीच विवाद छ । रेशम पक्षधरहरू सुदूरपश्चिम सरकारमा सहभागी भएका छन् । तर केन्द्रमा भने उनीहरूले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने भएका हुन् ।

रञ्जिता पक्ष भने वर्तमान गठबन्धनतिर लचक र नेपाली कांग्रेससँग टाढा देखिएको छ ।

नाउपाका ४ जना संघीय सांसद छन् । ती कुन पक्षमा लाग्नेछन् त्यो भने बुधवार थाहा हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्