२२ असार २०८३, सोमबार

मकवानपुरका तीन कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

फागुन २९, २०८०
मकवानपुर
मकवानपुरका तीन कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

कृषिक्षेत्रको उत्पादन र विकासमा उल्लेखनीय कार्य गरेवापत मकवानपुरका तीनजना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारवाट हेटौँडामा आयेजित एक कार्यक्रबीच सम्मान गरिएको छ ।

 पशुसेवा कार्यालय मकवानपुर हेटौँडाद्वारा आज आयोजित सो कार्यक्रममा  थाहा नगरपालिका–७ डाँडावासका इमानसिंह थिङ, मनहरी गाउँपालिका–७ रमौलकी  मुना अर्याल तथा हेटौँडा  वडा नं –१७ का झम्कनाथ सुवेदीलाई  सो पुरस्कारबाट सम्मानित गरिएको हो ।

सो पुरस्कारको राशि जनही रु २५ हजार नगद तथा प्रशंसापत्र रहेको छ । सम्मानित थिङले डाँडावास कृषि प्रालिमार्फत् बाख्रा तथा तरकारी खेती, अर्यालले रवि व्यावसायिक कृषि फार्ममा कागती तथा ड्रागन खेती तथा सुवेदीले विविआर एग्रो प्रालिबाट वोयर जातको बाख्राको पालन गर्दै आएका हुन् । 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले संयुक्त रुपमा सो पुरस्कारबाट उनीहरुलाई सम्मानित गरेका थिए ।
    
 मकवानपुर जिल्लाका विभिन्न स्थानबाट प्राप्त भएका ११ वटा प्रस्ताव मध्येबाट छनौट गरी तीन जना कृषकलाई  सम्मानित गरिएको पशुसेवा कार्यालय मकवानपुरका प्रमुख डा बज्रकिशोर ठाकुरले बताए । 

salt training

कमेन्ट गर्नुहोस्