०९ साउन २०८३, शनिबार
टी-२० सिरिज

नेपाल र पीएनजीबीच आज उपाधि भिडन्त

फागुन ३०, २०८०
काठमाडौं
नेपाल र पीएनजीबीच आज उपाधि भिडन्त

हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी)भिड्दै छन् । दुई देशबीचको फाइनल खेल दिउँसो पौने १२ बजेदेखि शुरू हुनेछ ।

पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको हराउँदै फाइनल यात्रा तय गरेको थियो । नेपालले भने मंगलबार नै पीएनजीमाथि ८५ रनको जीत निकाल्दै फाइनल पक्का गरेको हो ।

लिग चरणको खेल सकिँदा नेपालले ३ अंक र पीएनजीले २ अंक जोड्दा हङकङले १ अंक जोड्यो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।

नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टीम अंक बाँडेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्