०७ असार २०८३, आइतबार

हवाई यात्रुको बिमा रकम बढ्ने

फागुन ३०, २०८०
काठमाडौं
हवाई यात्रुको बिमा रकम बढ्ने

सरकारले  आन्तरिक  हवाई  दुर्घटनामा  परेर  ज्यान  गुमाउने  यात्रुलाई  सवा  करोड  रुपियाँभन्दा बढी रकम दिने व्यवस्थासहित हवाई यात्रुमैत्री  कानुन  निर्माण  प्रक्रिया  अघि  बढाएको  छ  । 

 सरकारका  प्रवक्ता  एवं  सञ्चार  तथा  सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै हवाई यातायात सेवा सञ्चालन, संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको बताइन्  ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  हवाई  यातायात  सेवा  सञ्चालन  संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने  विधेयक  बनाउन  फागुन  दोस्रो  साता  प्रारम्भिक मस्यौदा मन्त्रीपरिषद्मा दर्ता गराएको थियो ।

 पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले  मन्त्रीपरिषद्बाट  उक्त  विधेयक  तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्राप्त भएसँगै अब हवाई यात्रुमैत्री कानुन निर्माणको प्रक्रिया अगाडि बढ्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्