
महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी २ वर्षीया रुचि पाण्डे रहेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
बुधवार बिहान आफ्नै घर अगाडि खेल्दै गरेकी बालिका घरभन्दा ५० मिटरको दुरीमा रहेको बरका पोखरीमा नुहाउन पुगेकी थिइन् ।
उनको सोही पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।