२७ असार २०८३, शनिबार

मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्ध भत्ता वितरण, वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फागुन ३०, २०८०
काठमाडौं
मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्ध भत्ता वितरण, वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता वितरण गरेको भन्दै उनीविरुद्ध ५१ हजार रुपैयाँ बिगो कायम गरी बुधवार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार तत्कालीन वडा अध्यक्ष थापाले अस्तित्वमा नभएको व्यक्तिको नामको आर्थिक वर्ष  २०७४/७५, आव २०७५/७६ को प्रथम, दोस्रो र तेस्रो किस्ताका साथै आर्थिक वर्ष २०७६/७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी ५१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता बुझेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्