१२ असार २०८३, शुक्रबार

बागमती प्रदेशसभा बैठक : विशेष समितिको प्रतिवेदन पारित

फागुन ३०, २०८०
काठमाडौं
बागमती प्रदेशसभा बैठक : विशेष समितिको प्रतिवेदन पारित

बागमती प्रदेशसभाको आज बसेको बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन समितिको प्रतिवेदन सर्वसम्मतिबाट पारित गरेको छ ।

उक्त बैठकमा विशेष समितिको प्रतिवेदनमाथि छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले प्रदेशमा सुशासन कायम गर्न जनताप्रति जवाफदेहीता बढाउनुपर्ने बताए ।

सन्तुलित बजेटका लागि सो प्रतिवेदन सबैको साझा दस्ताबेज भएको उनको भनाइ थियो ।

उक्त अवसरमा प्रदेशसभाका सदस्य मधुकुमार श्रेष्ठले प्रदेश सरकारलाई बजेटमा पारदर्शिता अपनाउन र निष्पक्ष ढङ्गबाट जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न सुझाव दिए । 

अर्का सदस्य भरतबहादुर केसीले प्रदेश सरकारले बजेट विनियोजन गर्दा जनताप्रति जवाफदेही हुने खालका योजनालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए ।

सत्तापक्ष वा मन्त्री भएपछि जिल्लामा धेरै बजेट पार्न सकिन्छ भन्ने भावना त्याग्नुपर्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्