
उदयपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुरका लागि छुटेको को १ ज २५९३ नम्बरको जीप बिहीबार बिहान उदयपुरको बेलका नगरपालिका-७ मैनामनीको चेङ्ग्रे भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ६ जनाको घटना स्थलमै मृत्यु भएको र ७ जना घाइते भएको उदयपुरका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । घाइतेलाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए ।
बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।