काठमाडौं, २९ पुस - चलचित्र छक्का पञ्जा पाइरेसीको चपेटामा परेको छ। फिल्म फेसबुकबाट लिक भएको निर्माता एवम् कलाकार दीपक राज गिरीले बताएका छन् ।

दीपक सोहि फिल्मको प्रदर्शनका क्रममा युरोपमा रहेका बेला लिक भएको हो । गिरीले युरोप भ्रमण छोट्याउँदै नेपाल आउन लागेको लागेको र नेपाल फर्किएपछि कानुनी प्रक्रियामा लाग्ने सामाजिक सञ्जालमार्फत बताएका छन् ।
उनले सम्भवतः आजदेखि युट्युव च्यानलमा फिल्म आधिकारिक रुपमै आउन सक्ने पनि बताएका छन् ।
फिल्मको डिजिटल अधिकार हाईलाईट्स नेपालले किनेको थियो।
