१८ असार २०८३, बिहीबार
जाँचबुझ आयोगको प्रतिवेदन

सुन प्रकरणमा अध्यागमन विभागका पूर्वमहानिर्देशक अधिकारीलाई कारबाही सिफारिस

चैत २, २०८०
काठमाडौं
सुन प्रकरणमा अध्यागमन विभागका पूर्वमहानिर्देशक अधिकारीलाई कारबाही सिफारिस

सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले अध्यागमन विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

सुन तस्करीबारे छानबिन गर्न गठित आयोगले अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको स्रोतको दाबी छ ।

सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरिएको गृह स्रोतले बतायो ।

दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी भएको कुरा बाहिरिएको थियो ।

६०.७१६ केजी सुन प्रकरणमा मुछिएपछि गृह मन्त्रालयले अधिकारीलाई मन्त्रालय तानेको थियो । सुन प्रकरण बाहिर आएलगत्तै उनले मोबाइल फोन फर्म्याट गरेका थिए । सीर्आइबीले उनलाई पनि कागज गराएको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक सू’का रुपमा बाहिरिएको १६० केजी सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट साउन २ गते बरामद गरेको थियो ।

त्यसलाई गाल्दा सुन ६०.७१६ केजी मात्र भएको थियो । विभाग र सीआईबीले सुन तस्करीमा मुख्य भूमिका खेल्नेदेखि ड्राइभरसम्मलाई पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्