२५ असार २०८३, बिहीबार
रवि लामिछानेबारे संसद्‌मा नेपाली कांग्रेस

प्रश्न बोकेर गृहमन्त्रीमा बस्न हुन्न तत्काल राजीनामा दिनुस्– प्रदीप पौडेल

चैत २, २०८०
काठमाडौं
प्रश्न बोकेर गृहमन्त्रीमा बस्न हुन्न तत्काल राजीनामा दिनुस्– प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रश्नप्रश्नै बोकेर गृहमन्त्री रवि लामिछाने पदमा बस्न नमिल्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा शुरूमै बोल्दै पौडेलले प्रश्न, अनुसन्धान र विवादको घेरामा उभिएका नेतालाई गृहमन्त्री बनाउनु नै गलत भएको भन्दै उनले तत्काल राजीनामा दिन माग गरेका हुन् ।

‘केही दिनदेखि प्रतिपक्षी संसद्‌मा प्रश्न उठाउँदै आएको छ । प्रधानमन्त्री सामनाको साटो भागेर हिँड्नुभएको छ । गृहमन्त्रीले विगतमा प्रश्न गर्ने पेशा अंगाल्नुभएको थियो । राजनीतिमा प्रश्न गर्न पाउनुपर्छ । आफ्नाविरुद्ध प्रश्न उठाउन पाइँदैन भन्ने हुँदैन । प्रश्नलाई निषेध गर्न पाइँदैन भन्न पनि मिल्दैन’, पौडेलले भने, ‘प्रश्न बोकेर उहाँ गृहमन्त्री बन्न हुन्थेन । प्रधानमन्त्रीले प्रश्न हुने मानिसलाई गृहमन्त्री  बनाउन पनि हुने थिएन । ३१ हजार सहकारीमा ७३ लाख बचत कर्ता छ । बचत फिर्ताको माग उनीहरूको छ । अनुसन्धानको घेरामा रहेको व्यक्ति सरकारको प्रमुख पदमा हुँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ ? पीडितको समस्या समाधान गर्न नसक्ने सरकारले वित्तीय समस्यालाई कसरी समाधान गर्न सक्छ ।’

यसैले गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने उनले बताए ।

‘पीडितहरूले आन्दोलनबाट गर्ने अस्तव्यस्ततालाई सरकारले कसरी थेग्न सक्छ ? मेरा मित्र माननीय गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु । उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नस्’, पौडेलले भने, ‘प्रधानमन्त्रीले पटकपटक सुशासन भन्नुहुन्छ । विगतको गठबन्धन तोड्दा पनि कांग्रेसको कारण सुशासन लागू गर्न नसकेको आरोप लगाउनुभयो । जोमाथि अनुसन्धान चलिरहेको छ उसैलाई अनुसन्धानको तालाचाबी दिएर सुशासन हुन सक्छ ?’

एमालेले पनि नेतालाई जोगाउन नियत राखेको उनले बताए ।

‘तत्कालीन प्रतिपक्षी एमालेलाई आग्रह गर्छु । जाँचबुझ आयोग बनाउनुपर्छ भनेर एमालेले भनेको थियो । म सत्तारुढ दलको हुँदा पनि त्यही कुरा उठाइरहेको थिएँ । आज प्रहरीले राजनीतिक मान्छेलाई जाँचबुचको दायरामा ल्याउन सक्ने रहेनछ नि । गृहमन्त्री स्वयंमले प्रमाण नष्ट भएको कुरा स्वीकार्नुभएको छ । तपाईं मातहतको गृह मन्त्रालयमा प्रमाण नष्ट नहुँदा कुन नैतिकताले कुर्सीमा बस्नुभएको छ?’, उनले भने, ‘प्रश्न प्रश्न उठ्दा कसरी सुशासन हुन्छ ? प्रधानमन्त्रीबाट इमान्दार प्रतिवद्धता व्यक्त हुनुपर्छ । समग्र प्रकरणलाई नयाँ सिराबाट छानबिन नभएसम्म कांग्रेसले यो प्रश्न उठाइरहन्छ । यसलाई गम्भीरतापूर्वक लिइयोस् ।’

salt training

कमेन्ट गर्नुहोस्