×

NMB BANK
NIC ASIA

बुटवल–नारायणगढ सडकको समस्या छिट्टै समाधान हुन्छ: यातायातमन्त्री

बुटवल | चैत २, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बुटवल–नारायणगढ सडकको समस्या छिट्टै समाधान हुने बताएका छन् । रोटरी डिस्ट्रिक ३२९२ नेपाल–भुटानको १६ औं डिष्ट्रिक कन्फरेन्सको शुक्रवार बुटवलमा उद्घाटन गर्दै मन्त्री महासेठले सबैभन्दा बढी यात्रुले सास्ती खेपेको सडक निर्माण तीव्रताका साथ अगाडि बढिरहेको जानकारी दिए ।

Muktinath Bank

मन्त्री महासेठले सबै अफ्ठयारा समाधान भएले अब सडक निर्माणको काम तीब्रताका साथ अघि बढ्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक सय १४ किलोमिटरका बुटवल–नारायणगढ सडक सबैभन्दा बढी आलोचना भइरहेको सडकखण्ड हो । ‘काम गर्दा आवत–जावतमा समस्या पर्ने कुरालाई केही समयका लागि सहनुपर्ने बाध्यतालाई सबैले बुझ्नु हुनेछ,’ उनले प्रष्ट्याए, ‘अब सडक निर्माणको काम भने रोकिँदैन ।’


Advertisment
Nabil box
Kumari

मन्त्री महासेठले मुलुककै अर्को महत्वपूर्ण परियोजना सिद्धबाबा सुरुङमार्गको कामसमेत तीव्र रुपमा अगाडि बढेको जानकारी दिँदै विसं २०८३ चैत्रभित्रै सम्पन्न हुने बताए । सिद्धबाबा सुरुङमार्ग  काममा कुनै समस्या नरहेको बताउँदै उनले हरसम्भव छिटो काम सम्पन्न हुने विश्वास दिलाए । उनले बुटवलदेखि गोरुसिंगे–चन्द्रौटा सडकको निर्माणको काम पनि अब छिट्टै नै अगाडि बढ्ने बताए ।

Vianet communication
Laxmi Bank

त्यस्तै यातायातमन्त्री महासेठले निर्माण आयोजनाको गुणस्तरमा सम्झौता नहुने गरी अगाडि बढ्ने बताए । निर्माण सम्पन्न भएका पूर्वाधारहरूको सञ्चालन र व्यवस्थापन हुन नसक्दा धेरै आलोचना सुन्नु परेको भन्दै उनले निर्माण सम्पन्न भएका आयोजना सञ्चालनका लागि पनि आफ्नो तर्फबाट पहल हुने बताए । 

मन्त्री महासेठले बुटवल–बेलहिया र भैरहवा–लुम्बिनी सडकमा अलपत्र पारेका पुलहरूको निर्माण सम्पन्न गर्न पनि निर्देशन दिइसकेको बताए । बुटवलबाट पोखरासम्म डबल लेन डेडिकेटेड सडकको निर्माण कार्यलाई यथासम्भव छिटो स्रोत व्यवस्थापन गरेर अगाडि बढाउने उनले आश्वासन दिए ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x