
सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा बुद्ध शान्ति गाउँपालिका–३ का दीपक खड्का रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
'अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ', उनले भने ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् ।