
नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले मुआब्जा र खानेपानीको सामान्य समस्यामा देशको एकमात्रै सुरुङमार्गको काम नरोक्न माग गरेका छन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै केसीले स्थानीयलाई मुआब्जा दिएर छिटो काम सकाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘उपत्यकाको प्रवेशद्वारमा सुरुङमार्ग बन्दैछ । एक मात्र सुरुङ केही समयदेखि अवरोध हुँदै आएको छ । स्थानीयले मुआब्जा पाएका छैनन् । खानेपानीको मुहान सुकेको छ । तर सरकार मौन बसेको छ’, केसीले भने, ‘राजधानीको प्रवेशद्वारमा सुरुङ बन्ने विषयले हामी सबै खुसी छौं तर स्थानीयको मुआब्जा र खानेपानीको प्रबन्ध सरकारले गर्न नसक्दा यो अवरुद्ध भएको छ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’