०१ साउन २०८३, शुक्रबार

नेपालमा अधिकारकर्मी धेरै भए, उत्पादनकर्मी बन्नु पर्‍यो : ओली

चैत ७, २०८०
काठमाडौं
नेपालमा अधिकारकर्मी धेरै भए, उत्पादनकर्मी बन्नु पर्‍यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अधिकारकर्मी धेरै भएको भन्दै उत्पादनकर्मी बन्न कार्यकर्तालाई निर्देशन दिएका छन् । कम्युनिस्ट कार्यकर्ताहरू उत्पादनमा लाग्नु पर्ने उनले बताए ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटी वृहत् कार्यकर्ता भेलालाई बुधवार सम्वोधन गर्दै ओलीले टाठा बाठाहरू सबै अधिकार कर्मी बनेको र कोही पनि उत्पादनकर्मी बन्न नखोजेको टिप्पणी गरेका हुन् ।

‘टाठा बाठाहरू यो अधिकार कर्मी उ अधिकार कर्मी भनेको छ । अधिकारकर्मी भन्दा उत्पादनकर्मी हुनुपर्‍यो, पहिला बाँच्न सिकाउने कर्मी हुनुपर्‍यो’ ओलीले भने ।

ओलीले नेकपा एमाले सरकारबाट बाहिरिएपछि देशमा गरिवी बढेको दावी गरे । ‘मान्छेलाई आम्दानी चाहिएको छ, बाटो देखेको छैन । स्टार्टअपका लागि सरकारले सहयोग दिएर शुरु गर्नु पर्छ’ ओलीले भने, ‘सरकार परिवर्तन भएको छ, २ वर्षमा ३ प्रतिशत गरिवी बढाउने हो भने एमाले सरकारमा हुनु नहुनुको अर्थ हुँदैन ।’ 

नेकपा एमालेले सरकार छाड्दा १७ प्रतिशतमा झारेको गरिवी अहिले २० दशमलव २६ प्रतिशतमा पुग्नु चिन्ताको विषय भएको ओलीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्