२६ जेठ २०८३, मंगलबार
प्रहरी अनुसन्धान

बाँसबारीको जग्गा हिनामिना प्रकरण : विनोद चौधरीको बयान जारी

चैत ८, २०८०
काठमाडौं
बाँसबारीको जग्गा हिनामिना प्रकरण : विनोद चौधरीको बयान जारी

बाँसबारी जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरीसँग बयान लिन शुरू भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा चौधरीको बयान लिने क्रम जारी रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

प्रहरी स्रोतका अनुसार उनी आफैं बयान दिन आज बिहान सरकारी वकिलको कार्यालयमा पुगेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को समन्वयमा उनको बयान जारी छ ।

काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले उनीमाथि अनुसन्धान गरिरहेको छ । 

सीआइबीले बुधबार जग्गा प्रकरणमा चौधरीमाथि छानबिन गरिरहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेको थियो ।बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा प्रकरणबारे सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको सीआईबीले सभामुखलाई जानकारी गराइएको थियो । 

जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरीलगायतलाई ब्यूरोले माघ १८ मा पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँको आदेशमा उनीहरू ‘हाजिर जमानी’मा रिहा भएका थिए । अरुण सांसद विनोदका भाइ हुन् ।

salt training

कमेन्ट गर्नुहोस्