०९ असार २०८३, मंगलबार

हुम्लाको राया गाउँका सरकारी कार्यालयमा विद्युत् सेवा

चैत ८, २०८०
काठमाडौं
हुम्लाको राया गाउँका सरकारी कार्यालयमा विद्युत् सेवा
फाइल तस्वीर

हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा सङ्घसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार गरिएको छ । रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएको थियो । 

बुधबारदेखि चौबिसै घण्टा विद्युत् सेवा निरन्तर हुनेगरी विद्युत् सेवा विस्तार गरिएको कार्यालयका अध्यक्ष टेकबहादुर बुढाले बताए । स्वास्थ्यचौकीमा बिरामीको विद्युतीय माध्यमबाट सेवा प्रवाहमा सघाउन लाइन विस्तार गरिएको अध्यक्ष बुढाले जानकारी दिए । 

विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय र सहकारी संस्थालाई सेवा प्रवाह गर्न विद्युत् सेवा उपलब्ध गराइएको उनले बताए । अब यी सरकारी कार्यालयमा निरन्तर विद्युत् सेवा उपलब्ध भएपछि दैनिक कार्यसम्पादन गर्न सहज हुनेछ । 

विद्युत् लाइन विस्तार गर्न तारको व्यवस्था उक्त कार्यालयले गरेको थियोभने प्राविधिक खर्च वडा कार्यालयले बेहोरेको थियो । 

वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयलाई मासिक दुई हजार विद्युत् शुल्क तोकिएको अध्यक्ष बुढाले बताए । गाउँमा रहेको दुधेदह प्राङ्गारिक कृषि सहकारी संस्थालाई सरकारी कार्यालयलाई रु एक हजार शुल्क तोकिएको छ । गाउँमा विद्युत् सेवा उपभोग गर्ने सेवाग्राहीलाई मासिक शुल्क दश  तोकिएको छ । २५ किलोवाट क्षमताको रायाखोला जलविद्युत् आयोजनाबाट विगत ६ वर्षदेखि जिल्लाका विभिन्न भागमा विद्युत् सेवा प्रदान हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्