०८ साउन २०८३, शुक्रबार
शव पहिचानमा सास्ती

रुसमा ज्यान गुमाएका नेपालीहरूको शव पुष्टिका लागि डीएनए नमूना दिँदै परिवार

चैत ८, २०८०
काठमाडौं
रुसमा ज्यान गुमाएका नेपालीहरूको शव पुष्टिका लागि डीएनए नमूना दिँदै परिवार
तस्वीरमा टेकराज बस्नेत भाइ क्षितिज बस्नेतका लागि, रेनुका भुजेल दाजु कुमार भुजेलका लागि र बहादुर थोकर भाइ विजयबहादुर थोकरका लागि डीएनए नमूना दिँदै ।

रुसी सेनामा कार्यरत रहँदा ज्यान गुमाएका नेपालीहरूका परिवारले मृत्यु भएका आफ्ना परिवारका सदस्यको शवको पुष्टिका लागि डीएनएको नमूना दिएका छन् ।

उनीहरूले बिहीवार महारागञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएर नमूना दिएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार गत २४ फागुनमा रुसले आफ्नो देशको सेनामा कार्यरत रहँदा मृत्यु भएका १५ जना नेपालीको शव पहिचानका लागि नेपालबाट परिवारका सदस्यको डीएनएको नमूना पठाइदिन पत्राचार गरेको  थियो ।

null

मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका अनुसार दाङका जीतबहादुर पुन मगर र अभिषेक बुढा, नवलपरासीका प्रेमप्रकाश न्यौपाने, बाँकेका चन्द्रबहादुर बीसी, मकवानपुरका विजयबहादुर थोकर र जीतेन्द्रबहादुर घिसिङ, प्युठानका सोमेश सुनुवार र विकास राईको डीएनए नमूना पठाइदिन भनिएको छ ।

यस्तै मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, तेह्रथुमका टीकाबहादुर रानामगर र भीमबहादुर बीसी, खोटाङका क्षितिज बस्नेतको परिवारको पनि डीएनए नमूना पठाइदिन भनिएको छ ।

null

कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार हालसम्म १५ जनामध्ये ८ जनाको नमूना रुस पठाइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्