२५ जेठ २०८३, सोमबार

पाँच पटकको विजेता सीएसकेलाई उपाधिविहीन आरसीबीको चुनौती

चैत ९, २०८०
काठमाडौं
पाँच पटकको विजेता सीएसकेलाई उपाधिविहीन आरसीबीको चुनौती

१७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) आजदेखि शुरू हुँदैछ । १० टिमले प्रतिस्पर्धा गर्ने आइपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग्स र तीन रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।

पाँचपटकको च्याम्पियन चेन्नइ सुपर किङ्सलाई हालसम्म उपाधिविहीन रोयल च्यालेन्जर्स बैंग्लोरले चुनौती दिँदैछ ।

यी दुई टिमबीचको खेल शुक्रबार राति ८:१५ देखि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा शुरू हुनेछ । दुवै टिम जितका साथ प्रतियोगिताको सुरुवात गर्ने सोचमा छन् । 

सीएसकेले महेन्द्रसिंह धोनीको सट्टा टिमको कमान ऋतुराज गायकवाडलाई सुम्पिएको छ । 

नेपाली समयअनुसार आज राति सवा ८ बजे चेन्नइको एमए चिदम्बरम स्टेडियममा सुरु हुने खेलमा कप्तान भलै डुप्लेसी र गायकवाड हुनेछन् तर, त्यसभन्दा बढी चर्चा भने महेन्द्रसिंह धोनी र विराट कोहलीको भइरहेको छ ।

हेड टु हेडका आधारमा सीएसके अगाडि देखिन्छ । सीएसके र आरसीबीले आईपीएलमा हालसम्म ३१ म्याच खेलेका छन् । त्यसमध्ये २० खेलमा सीएसके विजयी हुँदा आरसीबीले १० खेलमा जीत निकालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्