२८ जेठ २०८३, बिहीबार

कपिलविरुद्धको उजुरी अदालतले खारेज गरिदियो

चैत ९, २०८०
काठमाडौं
कपिलविरुद्धको उजुरी अदालतले खारेज गरिदियो

भारतीय कमेडियन कपिल शर्माविरुद्ध परेको एक उजुरीलाई अदालतले खारेज गरिदिएको छ ।
दुई वर्षअघि ‘द कपिल शर्मा शो’ को एक एपिसोडमा अदालतको एक कोठा तयार पारिएको थियो । जहाँ करिब ८ मिनेटसम्म अदालतको कार्वाही देखाइएको थियो । जहाँ कपिल शर्मा र उनका साथीहरुले अदालतको कोठामा हुने कानूनी कार्वाहीका बारेमा अभिनय गरेका थिए । 

यो एपिसोडमा कपिल वकिलको भूमिकामा थिए । उनले दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग गर्दै मदिरा मागेका थिए ।

यो एपिसोड हेरेका ग्वालियरका मजिष्ट्रेट कोर्ट र सेशन कोर्टका अधिवक्ता सुरेश धाकडाले शोका निर्मातासँगै शोका होस्ट कपिल शर्माविरुद्ध मुद्धा दर्ताको माग गर्दै उजुरी दिएका थिए । उजुरीमा शोको माध्यमबाट अदालतको छविलाई धमिल्याउने प्रयास गरिएको उल्लेख थियो ।

यही मामलामा हाई कोर्टको ग्वालियर खण्डपिठले कपिललाई राहत दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्